बित्तीय साक्षरता कार्यक्रम लिएर मेगा बैकं बिद्यार्थी संग
बित्तीय साक्षरता कार्यक्रम लिएर मेगा बैक खनदह शाखा बिद्यार्थीहरुको बिचमा पुगेको छ । जिल्लाको मालारानी गाउँपालिकामा रहेका बिद्यार्थीहरुलाई बित्तीय क्षेत्रको बारेमा जानकारी दिने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी पालिका अध्यक्ष बालकृष्ण आचार्यले मालारानी गाउँपालिकाले प्राबिधिक र ब्यबहारिक शिक्षालाई प्रथामिकता दिएर काम गरेको बताउनु भयो । आचार्यले बिद्यालयमा सिकेको कुरा ब्यबहारिक रुपमा कार्यन्यन गर्नु पर्नमा जोड दिनु भयो । ‘हामिले बियालयमा लेखा व्यबस्थापन बिषय अध्ययान गरेका छौ । तर त्यो व्यबहारमा लागु गर्नु पर्यो । पढेको सिपलाई व्यबहारमा लागु गर्न जागिरनै खानु पर्दछ भन्ने छैन , आपलनो पेशा व्यबसाय गर्दाको वा घर परिबारले गरेको व्यबसायको लेखा प्राणलीलार्य चुस्त दुरुस्त राख्न सके पनि व्यबसायले नयाँ रुप लिन्छ । आम्दानी खर्च राखेर व्यबसायीक योजना बनाउनु पर्दछ । ’
आचार्यले पालिका भित्र उच्च शिक्षा लियर बसेका ब्याक्तीहरुलाई ब्यबसाय गर्नको लागि बैंक हरु सग सहकार्य गरि सहुलियत कर्जा उपलब्ध गरायको समेत बताउनु भयो । पालिका उपाध्यक्ष प्रमिला क्षेत्रीले पालिकाले सिपमुलक तालिम संचालन गरेर स्वरोजगार बनाउने अभियानमा लागेको बताउनु भयो । मेगा बैंक खनदह शाखाको आयोजनमा विद्यार्थीहरुलाई बितिय साक्षरता दिने उदेश्यले कार्यक्रम संचालन गरेको मेगा बैक खनदहका प्रमुख सुमन बस्यालले बताउनु भयो । बिद्यार्थीहरुलाई लक्षित गरि बितिय साक्षरता कार्यक्रम गरेकोमा कालिका नेरामाबीका प्रध्यानाद्यपक भुबन खनालले पालिमा र मेगा बैकलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।