मालारानीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

२०८३ मङ्सिर १० बुधबार १०:५२:०० मा प्रकाशित


अर्घाखाँची । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ। 
मालारानी गाउँपालिकामा गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईले हस्ताक्षर गर्दै अभियानको शुभारम्भ गर्नुभएको हो।
अभियान शुभारम्भ गरिएको जानकारी गाउँपालिकाको महिला विकास शाखा प्रमुख तिर्सना पौडेलले दिनुभएको हो।
लैङ्गिक हिंसाको अन्त्य, महिला तथा बालबालिकाको अधिकार संरक्षण र हिंसामुक्त समाज निर्माणका लागि हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रूपमा यो अभियान सञ्चालन गरिन्छ।