गुल्मीमै पहिलो ऐतिहासिक धुर्कोट दरबार संग्रहालय सञ्चालनमा
गुल्मी। गुल्मी जिल्लामै पहिलो ऐतिहासिक धुर्कोट दरबार संग्रहालय आजदेखि सञ्चालनमा आएको छ। दसैँ मनाउन गाउँ फर्किने सर्वसाधारणलाई ऐतिहासिक धुर्कोट दरबार संग्रहालयको अवलोकन गर्न गाउँपालिका अध्यक्ष भूपाल पोख्रेलले आग्रह गर्नुभएको छ।
ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको धुर्कोट दरबार संग्रहालय सञ्चालनमा आएसँगै स्थानीय इतिहास, कला, संस्कृति र ऐतिहासिक सम्पदाबारे जानकारी लिन चाहनेहरूका लागि नयाँ अवसर सिर्जना भएको छ।
दसैँको अवसरमा गाउँ फर्किने स्थानीयवासी तथा अन्य आगन्तुकलाई संग्रहालयको अवलोकन गरी आफ्नो क्षेत्रको ऐतिहासिक पहिचान र सम्पदाबारे जानकारी लिन गाउँपालिका अध्यक्ष पोख्रेलले आग्रह गर्नुभएको हो।