सिमलपानीमा भारी वर्षा, साना नदी तथा बाणगंगा नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ असोज २१ बुधबार १५:०३:०० मा प्रकाशित

सिमलपानीमा भारी वर्षा, साना नदी तथा बाणगंगा नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

अर्घाखाँचीको सिमलपानी जलमापन केन्द्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा मापन भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज २१ गते दिउँसो १२ः०१ बजे जारी सूचनामा सिमलपानी तथा आसपास भएर बहने स–साना नदीमा जलसतह बढ्न सक्ने जनाएको छ।

त्यस्तै, बाणगंगा नदीको तल्लो तटीय क्षेत्रमा समेत जलसतह बढ्न सक्ने सम्भावना रहेकाले नदी तथा खोला आसपासका बासिन्दालाई सतर्कता अपनाइराख्न प्राधिकरणले आग्रह गरेको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।