मालारानीका दुई विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि दरखास्त आह्वान
अर्घाखाँची । मालारानी गाउँपालिकाले गाउँपालिकाभित्रका दुई विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।
गाउँपालिका वडा नं. ५ बागीस्थित मालारानी आधारभूत विद्यालय र वडा नं. २ मा रहेको जनप्रिय आधारभूत विद्यालयका लागि प्रधानाध्यापक नियुक्त गर्न पालिकाभित्रका स्थायी शिक्षकहरूबाट दरखास्त माग गरिएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईका अनुसार सूचना प्रकाशित भएको मितिले सात दिनभित्र इच्छुक तथा योग्यता पुगेका स्थायी शिक्षकहरूले दरखास्त पेस गर्नुपर्नेछ।