आजदेखि नयाँ कर लागू, १० लाखसम्मको आयमा १ प्रतिशत मात्र कर

२०८३ श्रावण १ शुक्रबार ०८:२९:०० मा प्रकाशित

काठमाडौं, साउन १ । नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले संशोधन गरेको नयाँ आयकर व्यवस्था आजदेखि लागू भएको छ । नयाँ व्यवस्थाअनुसार अब वार्षिक १० लाख रुपैयाँसम्मको करयोग्य आयमा १ प्रतिशत मात्र कर लाग्नेछ ।

सरकारले करदातामाथिको भार कम गर्न आयकरको न्यूनतम सीमा १० लाख रुपैयाँ पुर्‍याएको हो । साथै, व्यक्तिगत आयकरको अधिकतम दर घटाउँदै २५ लाख रुपैयाँभन्दा माथिको आयमा २७ प्रतिशत र ४० लाख रुपैयाँभन्दा बढी आयमा थप २ प्रतिशत अतिरिक्त कर लाग्ने व्यवस्था गरिएको छ ।