नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीको नवौँ पूर्ण बैठक सम्पन्न
अर्घाखाँची, साउन १२ – नेकपा एमाले अर्घाखाँची जिल्ला कमिटीको नवौँ पूर्ण बैठक जिल्ला अध्यक्ष पिताम्बर भुसालको अध्यक्षता तथा पार्टी केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज छबिलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा सन्धिखर्कमा सम्पन्न भएको छ ।
बैठकमा पार्टीको संगठन सुदृढीकरण, समसामयिक राजनीतिक अवस्था तथा आगामी कार्यक्रमबारे छलफल भएको जनाइएको छ । बैठकले संगठनलाई थप सशक्त बनाउने तथा जनस्तरसम्म पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा विस्तार गर्ने विषयमा विभिन्न निर्णयसमेत गरेको छ ।
जिल्ला सचिव तोजबहादुर रायमाझीका अनुसार आजबाट जिल्लाभर 'मिसन पार्टी जागरण अभियान' औपचारिक रूपमा शुभारम्भ गरिएको छ । अभियानमार्फत पार्टी संगठनलाई वडा तहसम्म सक्रिय बनाउँदै जनसम्पर्क विस्तार, सदस्य परिचालन तथा पार्टीका नीति–कार्यक्रम जनतामाझ पुर्याउने लक्ष्य रहेको बताइएको छ ।