साढे तीन वर्षमै सातै प्रदेशमा सरकार फेरबदल, कोशी सबैभन्दा अस्थिर

२०८३ असार ३२ बिहीबार २१:१८:०० मा प्रकाशित

२०७९ को निर्वाचनयता साढे तीन वर्षको अवधिमा सातै प्रदेशमा पटक–पटक सरकार परिवर्तन भएको छ । संघीय सत्ता समीकरणको फेरबदल र दलभित्रको शक्ति संघर्षका कारण कुनै पनि प्रदेशले स्थिर सरकार पाउन सकेको छैन ।
यस अवधिमा कोशी प्रदेशमा सबैभन्दा धेरै ६ पटक सरकार परिवर्तन भएको छ । मधेशमा ५ पटक, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा ४–४ पटक, बागमतीमा ३ पटक तथा कर्णालीमा २ पटक मुख्यमन्त्री फेरिएका छन् ।
पछिल्लो समय नेपाली कांग्रेस र नेकपा एमालेबीच बढ्दो राजनीतिक तिक्तताले प्रदेश सरकारहरूमा फेरि नयाँ राजनीतिक समीकरण र सरकार परिवर्तनको सम्भावना बढेको विश्लेषण गरिएको छ ।