उम्मेदवार भुसालद्वारा निर्वाचन खर्च विवरण सार्वजनिक

२०८२ फाल्गुण २७ बुधबार १७:१२:०० मा प्रकाशित

अर्घाखाँची । प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार पीताम्बर भुसालले आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरेका छन् ।

अर्घाखाँची क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार भुसालले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा निर्वाचन आचारसंहिता बमोजिम जिल्ला निर्वाचन कार्यालयमार्फत आफ्नो निर्वाचन खर्च विवरण पेश गरेका हुन् ।

उम्मेदवार भुसालले निर्वाचन अभियानका क्रममा विभिन्न शीर्षकमा जम्मा २१ लाख १२ हजार ९०० रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् ।

निर्वाचन आयोगले उम्मेदवारलाई निर्वाचन सम्पन्न भएको निश्चित समयभित्र आफ्नो सम्पूर्ण खर्च विवरण पेश गर्न अनिवार्य गरेको व्यवस्था अनुसार भुसालले खर्च विवरण पेश गरेका हुन् ।