रनिङ शिल्डको उपाधि सरस्वती मा.वि. सुर्यथुमलाई

२०८० पौष २२ आइतबार ०८:४५:०० मा प्रकाशित

अर्घाखाँची । छत्रदेव गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी श्री सरस्वती माध्यमिक विद्यालय सुर्यथुमले जितेको छ । सरस्वती मावि सुर्यथुमले यो दोस्रो पटक उपाधी हात पारेको हो । 

यहीँ पौष १९ गतेदेखि २१ गतेसम्म छत्रदेव रंगशालामा भएको गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डमा ३० स्वर्ण, ३० रजत र ३० कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो जसमा सरस्वती मा.वि सुर्यथुमले ९ स्वर्ण   ४ रजत  ४ कास्य सहित प्रथम भएको छ, यस्तै   ७ स्वर्ण ११ रजत र ३ कास्य सहित महेन्द्र बिद्याबोध नेत्रलाल राममणी मावि बल्कोट द्वितीय र ६ स्वर्ण २ रजत ७ कास्य सहित जनकल्याण मावि तारुभतेरा तृतीय भएको छ ।

रनिङ शिल्ड प्रतियोगितामा पालिका भित्रका ८ विद्यालयका विभिन्न खेलमा ३०० खेलाडी समावेश भएका थिए । प्रतियोगितामा छात्र/छात्रा कबड्डी, भलिबल र एथलेटिक्स गरेर ३० बिधामा प्रतिस्पर्धा भएको थियो । कार्यक्रममा प्रथम द्वितीय र तृतीय हुने विद्यालयलाई र खेलाडीलाई  पालिका अध्यक्ष, शिक्षा अधिकृत लगायतका अतिथिले शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । अब यस प्रतियोगितामा प्रथम हुने खेलाडीले जिल्ला स्तरिय राष्ट्रपति रनिङ सिल्डमा भाग लिने छन् ।