हजुरबुबाको स्मृतिमा नातिहरुले मालारानी मन्दिर परिसरमा गेट निर्माण

२०७९ मङ्सिर २५ आइतबार २०:२९:०० मा प्रकाशित

अर्घाखाँचीको मालारानी  गाउपालिकाको मन्दिर निर्माणको संस्थापक स्वर्गिय  जितमान राना मगर र चन्द्रलाल  राना काउछा मगरका २० जना नातीहरुले निजिलगानीमा  प्रबेशद्धार निर्माण  गरेका छन्  । मालारानी गाउँपालिकाको वार्ड नं। ३ र ६ मा पर्ने मालारानी मन्दिरमा पछिल्लो समय  आन्तरिक र बाह्य पर्यटकमा बिस्तारै बृद्धि हुदै आएको छ ।  २० जनाको रानापरिबारको लगानी निर्माण भएको प्रबेशद्रार मालारानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश भुसाल र  स्वर्गिय  चन्द्रलाल  राना काउछा मगरकी  ९० बर्षिय श्रीमति पुनिकला रानामगरले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गनु भयो ।
।  कार्यक्रममा मालारानी गाउँपालिकाका  प्रमुख प्रशासकिय अधिकृत सुरेश भुसालले राना परिवारले गरेको सामाजिक कामको खुलेरै प्रशंसा गनु भयो । प्रबेशद्रार  निमाणमा सहयोग दाताको तर्फबाट खिम राना मगरले स्थानियसरकाले पनि बिशेष ध्यानदिन जरुरी रहेको बताउनु भयो । 
गाउँपालिकाका प्रबतm तिलक मिश्रले राना परिबारले स्थापना गरेको मन्दिरलाई मालारानी गाउँपालिकाले निरन्तर रुपमा भौतिक पुर्वाधर निर्माणमा बर्सेनी रकम बिनियोजन गदै आएको र आगामि दिनमा पनि बिशेष ध्यानदिने मिश्रको भनाई छ ।  
मालारानी मन्दिर ब्यवस्थापन समितिका  सचिब खुबिराम घिमिरेले राना परिबारको योगदानले मन्दिर मन्दिर निर्माण भइ मालारानी गाउँपालिकाको नाम राख्न् समेत सकिएको बताउनु भयो । नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनालले धार्मिक स्थलमा आफना पुर्खाको समझाना भौतिक पूर्बधार निर्माण गर्नु पुण्यको काम भएको भन्दै यसता असल काममो अनुकरण गर्नुपर्ने बताउनु भयो ।मन्दिर संरक्षणको लागी आफुहरुले निरन्तर सहयोग गर्ने स्थानीय खिमरानाले प्रतिबद्धता जनाउनु भयो । 
कार्यक्रममा  मन्दिर ब्यवस्थापन समितिले चन्द्रलाल  राना काउछा मगरकी  श्रीमति पुनिकला रानामगरलाई अध्यक्ष लोक बहादुर बस्नेतले सम्मान समेत गरेका थिए । कार्यक्रम घेर मालारानी संरक्षण समितीका अध्यक्ष रेमलाल रानाको अध्यक्षता , मालारानी गाउँपलिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश भुसालको प्रमुख आतिथ्यता र  स्थानिय राजु रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।  समुदाघाटन कार्यक्रममा वडा अध्यक्षहरु , स्थानिय , समाजसेबी , संचाकर्मी , कर्मचारी लगायतको सहभागिता रहेको थियो ।