ब्यक्ति बिषय र विशेष ( ४१)
आजको स्तम्भमा शैक्षिक, खेल, राजनीति र साँस्कृतिक क्षेत्रको बिकासमा योगदान पुर्याउनु भएका पृतम पछाई सरको बिषयमा सानो परिचय दिने प्रयास गरेको छु।
अर्घाखाँची जिल्लाको साबिक अर्घातोष गाबिस ९ हाल मालारानी २ पटौटी गाउँमा बुवा बिन बहादुर पछाई र आमा धनकला पछाई बाट २००६ साल साउन १५ गते उहाँओ जन्म भएको थियो।
उहाँले गाउँकै डाँडा कटेरी प्रा. बि. चौरी प्रा. बि. हुँदै गुल्मी तम्घासको महेन्द्र मा. बि.मा अध्ययन गर्नु भएको थियो।
त्यो बेला भारतको गोरखपुर बाट नेपालका गाउँ गाउँमा भारतिय सेनामा भर्ना गर्न विभिन्न टोलि आउने गर्दथे जसलाई गल्लावाला भनिन्थ्यो।त्यही टोलिले २०२१ साल असौजमा भर्ना लियो र भारत लग्यो।त्यहाँ उहाँ लाई खेल क्षेत्रमा तालिम संगै खेलकुदमा सहभागी बनायो।सेनाको खेल बिभागमा १५ बर्ष सेवा गरेपछि उहाँ भारतिय सेनाबाट अबकाश लिनु भयो।
त्यसपछि उहाँ पुन महेन्द्र मा. बि. तम्घासमा कक्षा १० मा भर्ना हुनुभयो।र उहाँले २०३७ सालमा ३१ बर्षको उमेरमा एसएलसी उत्तीर्ण हुनुभयो।त्यसपछि उहाँ २०३८ सालमा बिरेन्द्र मा. बि. मरेङ अमिलेमा शिक्षकमा नियुक्ति हुनुभयो।त्यसपछि उहाँ शिक्षकको अलावा खेलकुद आयोजना ( त्यो बेला बिरेन्द्र शिल्ड प्रतियोगिता ) भएको ठाउँमा कुशल (रेफ्री) निर्णायकको रूपमा जिम्मेवारी निर्बाह गर्नुभयो।
अर्घाखाँची जिल्ला मात्र होइन उहाँको कुशल रेफ्रीको क्षमता लाई मान्यता दिंदै गुल्मी,पाल्पा, लगायत अन्य जिल्ला र विभिन्न बिधालयमा समेत खेलकुद प्रतियोगिता सम्पन्न गर्न जिम्मेवारी पाउनु भएको थियो।
उहाँ कपिलवस्तु जिल्लामा भएको अंचल स्तरिय फुटबल प्रतियोगितामा गोल किपर खेलाडीको रूपमा भाग लिएको पाल्पा रुपन्देही नवलपरासीमा भएको भलिबल खेल प्रतियोगितामा अर्घाखाँची जिल्ला लाई तृतीय स्थान प्राप्त गर्न सफल हुनु भएको थियो।
उहाँले नेपाल सरकार बाट शारीरिक तथा रेफ्री तालिमको लागि छनौट भै पोखरामा तालिम समेत ल्याउनु भएको थियो।
२०४६ सालमा उहाँले प्राइभेट रूपमा यु.पि. बोर्ड बनारस बाट आई.ए. उत्तीर्ण गर्नु भएको थियो।
२०४६को जन आन्दोलन पछि बहुदलीय ब्यबस्था आएपछि खेलकुद प्रतियोगिता आयोजना हुन कम भए तैपनि उहाँ आफू भलिबल र फुटबल खेलाडी भएको नाताले बिधालयमै पनि खेल आयोजना गर्ने गर्नु हुन्थ्यो।
त्यसपछि उहाँ २०६६ साउन २४ गते शिक्षक बाट अनिवार्य अबकाश लिनु भयो।
उहाँ २०३९ सालमा जिल्ला खेलकुद बिकास समितिको सदस्य २०४० सालमा जिल्ला भलिबल संघको सचीव हुनुको साथै २०४५ र २०४६ सालमा शिक्षा दिवसको उपलक्ष्यमा २ पटक राष्ट्रिय पुरस्कार शिक्षा पुरस्कार प्राप्त गर्नु भएको थियो।
उहाँ निबृत्त भारतिय सेना,शिक्षक,रेफ्री खेलाडी मात्र होइन उहाँ एक कलाकार समेत हुनुहुन्छ।हार्मोनियम मादल बजाउने नाँच्ने गाउनेमा समेत अब्बल हुनुहुन्छ।उहाँ २०३६ को विद्यार्थी आन्दोलन नेकपा माले हुँदै नेकपा एमालेको वडा कमिटी सदस्य ईलाका सदस्य जनसाँस्कृतिक महासंघ जिल्ला उपाध्यक्ष समेत हुनुभएको थियो।
उहाँ नेकपा एमालेले संचालन गरेको मेचि महाकाली राष्ट्रिय अभियानमा समेत खटनु भएको थियो।
उहाँ अहिले पनि नेकपा एमालेको नेता र अभिभावक हुनुहुन्छ।
उहाँ शिक्षक बाट अबकास पछि स्थानीय राजनीति र सामाजिक काममा अझै पनि कृयाशिल हुनुहुन्छ।
उहाँ अहिले ७३ बर्षको हुनुहुन्छ तापनि रिष्ट पुस्ट हुनुहुन्छ।
खेलकुदले शारीरिक मानसिक र बौद्धिक बिकास गर्ने भएकोले आफुमा अहिले पनि जबानीमा जस्तै जोश जाँगर भएको बताउनु हुन्छ।
देख्दा खाई लाग्दो अग्लो शरीर उहाँ निरोगी र देख्दा उस्तै हुनुहुन्छ।
अत्यन्तै सरल र अनुशासित उहाँले आफ्नो जिवनकालमा नेपाली खेल शैक्षिक र राजनीतिक क्षेत्रमा पुर्याउनु भएको योगदानको हामी उच्च सम्मान गर्दछौं साथै राष्ट्रको समेत यी र यस्तै योगदान दिएका ब्यक्तित्व हरु लाई सम्झने सम्मान गर्ने बिभुषित गर्ने कुरामा ध्यानाकर्षण गर्दछु। उहाँ बाट हाम्रो समाजले निरन्तर निरन्तर अभिभावकिय जिम्मेवारीको अपेक्षा सहित उहाँको दीर्घ जीवन र सुखमय जिवनको निम्ति मंगलमय शुभकामना दिन चाहान्छु।
"सहयोगी" बि. सि. मालारानी ५ हाल सन्धिखर्क २
अर्घाखाँची
मिति २०७९ जेठ १५