सर्बाधिक हेर्ने गितको लिष्टमा खोलीबगर
गायिका समिक्षा अधिकारी राजन बस्नेत र नन्द राना मगरको स्वरमा रहेको ‘‘ खोलि बगर” गीतको भिडियो सार्वजनिक भएको हेहि समयमानै सर्बाधिक रुचाईएको गितको लिष्टमा परेको छ । गित सार्बजनिक भएको केहि दिनमै ५ लाख भन्दा बढिले युटुबमा हेरेका छन ।
अर्घाखाँची जिल्लाको मालारानी गाउँपलिका वडा नं ३ निबासी तारा प्रसाद चुदालीको शब्द तथा राजन बस्नेतको संगीतमा तयार गरिएको गीतमा प्रेमील युवा जोडि विचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ ।
बिरेन्द्र भट्टको छायाँकन विकाश ज्ञवालीको सम्पादन तथा मदन खड्काको निर्देशनमा भिडियो तयार गरिएको छ । उक्त गितको भिडियोमा अर्जुन सापकोटा , सुनिल कुवँर सुस्मिता खत्री र टंक डुम्रेको अभिनय रहेको छ ।
गीतको भिडियो राजन बस्नेत युट्युव च्यानल बाट सार्वजनिक गरिएकोमा छोटो समयमा धैरेले हेरेकोमा गितका शब्द लेखक ताराप्रसाद चुदालीले धन्यबाद दिनु भएको छ । गितलाई मायाँ गर्नु भएको छ यसले मलाई अन्य गितहरु समेत सृजना गर्न तर्फ थप हौसला मिलेको चुदालीको भनाई रहेको छ ।
www.youtube.com/watch?v=EyF0Be-RQzw