बिनियोजित बजेटबाट गुणस्तरीय काम भएको नभएको बारे मूल्याङ्गकन नागरिकले गर्नुपर्दछ ः मन्त्री आचार्य
अर्घाखाँची
आगामि आर्थिक बर्षको लागी अहिले तीन तहका सरकारबाट बजेट बिनियोजन कार्य अगाडि बढेको छ । संघ र प्रदेशले बजेट सार्बजनिक गरि सकेका छन भने स्थानीय तहहरुले निति कार्यक्रम अषाढ १० गते भित्र ल्याउदैछन । भने बजे अषाढ २५ भित्र सार्बजनिक गर्नुपर्ने कानुनी बाध्यता रहेको छ ।
यसरी तिन तहबाट बिनियोजन भएको बजेट बाट हुने बिकाश निर्माणको बारेमा आम नागरिकले चासो राख्नुपर्नेमा लुम्बिनी प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यले बताए । ‘जुन सुकै तहबाट बिनियोजन भएको बजेट भएपनि कार्यन्वयन गर्दा आफनो गाउँ ठाउँमा काम कसरी हुँदै छ । भनेर चासो राख्ने के के काम गर्नुपर्ने हो । गुणस्तरीय भएको छ वा छैन भन्ने बिषयमा आम नागरिकले खबरदारी गर्ने हो भने मात्रै बजेट कार्यन्व्यन हुन्छ । ’
जनप्रतिनिधीले बिकाश निर्माणको लागी बजेट बिनियोजन गर्ने कार्य गर्ने तर कार्यान्व्यन गर्ने निकाय र जनता क्रियशिल भएमा मात्र बजेटको सहि सदुपयोग हुने आचार्यले बताए । ‘ जनप्रतिनिधीले बजेट बिनियोजन गर्ने कार्य गर्दछौ । कार्यन्यन गर्ने कर्मचारी संयन्त्रले समयमानै योजना अगाडि बढाउनुपर्ने र आफनो गाउँठाउँमा हुने निर्माणका काममा आम नागरिकले चासो दिनुपर्दछ । ’
लुम्बिनी प्रदेश सरकारले आगामि आर्थिक बर्षमा अर्घाखाँची जिल्लाको लागी स्वास्थ्य , शिक्षा , सञ्चाल , खेलकुद , खानेपानी , पूर्बधार बिकाश लगाएतका क्षेत्रमा प्रयाप्त रुपमा बजेट बिनियोजन गरेको टाईम्स कर्मी संग बताए । ‘जिल्लाका सबै स्थानमा एक घर एक धारा अभियान अन्तर्गत खानेपानीका योजनाहरु अगाडि बढाएका छौ । खेति योग्य जमिनको लागी सिचाईको लागी केन्द्र र प्रदेश सरकारबाट प्रयाप्त बजेट बिनियोजन भएको छ । कृषि क्षेत्रलाई समेत प्रमुख प्रथामिकता राखेका छौ । ’ निर्बाचनको समयमा जनता बिच गरेका प्रतिबद्धताहरु क्रमस कार्यन्वयन भईरहेको समेत आचार्यले बताए । ‘निर्बाचनको समयमा हामिले जनता बिच गरेका प्रतिबद्धताहरु पुरा हुने गरि निति कार्यक्रम र बजेट बाट प्रस्ट हुन्छ । तीन तहका सरकार बिच समन्वय गरेर बिकाश निर्माणको कामलाई अगाडि बढाएका छौ । ’