अर्घाखाँचीको मालारानी गाँउपालीकाले आज तेस्रो पटक कोरोना परिक्षण गर्दै,
अर्घाखाँची जिल्लाको मालारानी गाँउपालीकाले कोरोना सँग मिल्दो जुल्दो लक्षण देखिएका पालीकाबासिहरुको आज तेस्रो पटक एन्टिजेन किट्स मार्फत निसुल्क कोरोना परिक्षण गर्दै छ ।
मालारानी गाँउपालीका वडा नम्बर ४ गुफाको सभाहल नजिक रहेको कोभिड अस्पतालमा कोरोना परिक्षण गरिने पालीकाले जनाएको छ । आज बिहान ११ बजे देखि साढे १२ बजेसम्म नाम दर्ता गरिने र त्यसपछि परिक्षण गरिने छ ।
यस अघि पहिलो चरणमा आज परिक्षण हुन लागेको स्थान र दोस्रो चरणमा वडा नम्बर ६ को रतनमारेमा रहेको हँसपुर स्वास्थ्य चौकिको कार्यालयमा कोरोना सँग मिल्दो जुल्दो लक्षण देखिएका पालीकाबासिको कोरोना परिक्षण गरिएको थियो । दुइ स्थानमा १४३ जनाको परिक्षण गर्दा १६ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
होम आईशोलेसनमा बसेका व्याक्तिहरुलाई कुनै समस्या परेमा कोभिड बिशेष अस्पतालको डाक्टर संग सम्पर्क गर्न तथा स्वास्थ्य संस्था सम्म ल्याउनको लागी चौबिसै घण्टा एम्बुलेन्स तयारी अबस्थामा राखिएकाले कुनै समस्या परेमा सम्बन्धीत वडाका जनप्रतिनिधीहरुसंग समन्वय गर्न समेत मालारानी गाँउपालीकाले आग्रह गरेको छ ।
यसैबिच मालारानी गाउँपालिकाको ५ बेडको कोभिड अस्पताललाई १५ बेड सञ्चालन गर्ने गरि पूर्बधारको बिकाश गरेको छ। कोरोना संक्रमण भएर पालिकाबासीहरुलाई अन्यत्र जान नपरोस भनेर पालिकाले १ जना मेडिकल अधिकृत , सहित २ जनाको स्टाफ नर्स र १ जना कार्यालय सहयोगीको दरबन्दी सिर्जना गरि नियुक्त गरेर सेबा सुरु गरेको छ । पालिकाले सञ्चालन गरेको कोभिड अस्पतालमा १० वटा नयाँ ठुला अक्सीजन सिलिण्डर थप व्यबस्था गरिएको समेत गाउपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो ।
नोट ः यस अनलाईनमा प्रकाशित समाचार अनुमती बिनी अन्य अनलाईनमा कपि पेस्ट नगर्नुहुन जानकारी गराईन्छ । सम्पादक