चुनाबमा उठाएका ऐजेण्डाहरु कार्यन्वयन गर्ने मेरो मुख्य दायित्व हुने छ - वडा अध्यक्ष प्रीतम बहादुर थापा

२०७७ माघ २५ आइतबार ०८:४८:०० मा प्रकाशित

सन्धिखर्क नगरपालिका वडा नम्वर ७ बाट निर्बाचित वडा अध्यक्ष प्रीतम बहादुर थापा संग अर्घाखाँची टाईम्सका सम्पादक तुलसा आचार्यले गरेको अन्तरवार्ताको संम्पादीत अंश 
वडा अध्यक्ष भएर काम गर्दा कस्तो लागीरहेको छ ?
म वडा अध्यक्ष भएर जनताको सेबा गर्न पाउँदा खुसी छु । मलाई वडा नम्वर ७ का जनताले बिश्वास गरेर जिताउनु भएको छ । उहाँहरुको सुख दःुखमा साथ दिने अबसर मिलेकोमा खुसीनै छु । 
वडा अध्यक्षको उम्मेद्धवार भएर निर्बाचनमा जादाँ गरेका प्रतिबद्धता पुरा होला न त ?
चुनाबमा उठाएका ऐजेण्डाहरु कार्यन्वयन गर्ने मेरो मुख्य दायित्व हुने छ । र पुरा गर्ने प्रयास जारि राख्ने छु । जनताको अपेक्षा अनुसार वडा अध्यक्षले काम गर्न सक्ने प्रयाप्त कानुन ऐन नियमावली बनेको छैन । अहिले ३७ वडा बुधामा रहेर हामीले काम गरिरहेका छौ । प्रदेश सभाको निर्णय कानुन अनुुसार भनेर धेरौ अधिकारहरु कटौति गरिएको छ । अहिले हामी बिकाश निर्माण भन्दा पनि सिफारीस मात्र गर्ने काम भएको छ । वडा अध्यक्षहरुलाई अधिकार सम्पन्न गराउनु पर्दछ । अहिले त अन्योल नै अन्योल सिर्जना भएको छ । 
जनप्रतिनिधिलाई राज्यले पारिश्रमिक दिने नदिने अन्योल छ ,दिनु पर्दछ कि पर्दैन के भन्नु हुन्छ ?
स्थानीय बिकाश तथा संघिय मन्त्रालयले जनप्रतिनिधको पारिश्रमिकको निर्धारण गरेर अर्थमन्त्रालयमा बुझाएको छ । तर अर्थले बिभिन्न कारण देखाएर रोकेको छ । कामको बोझ अनुसार निश्चित पारिश्रमिक दिनु पर्दछ । दश बजे देखी  चार बजे सम्म कार्यालय आउनु पर्दछ । म घर बाट गाडि चडेर वडा कार्यालय आउन १ घण्टा लाग्दछ दिउँसोको खाजा खानु पर्यो ,सार्बजनिक यातायातका साधन चढेर आउने जाने गर्दा दैनिक गाडि भाडा तिर्नु पर्यो त्यसको लागी त काम अनुसार पनि पारिश्रमिक दिनु पर्दछ जस्तो लाग्दछ ।  
अव हुने वडा परिषदमा कुन कुन कुरालाई प्रथामिकता दिनुहुन्छ ?
 हामी पहिला बिषयगत रुपमा छलफल गर्दछौ । अल्पकालिन र दिर्घकालिन योजनाहरु बनाएर जनताका समस्याहरु समधान गर्न तर्फ लाग्दछौ समस्याहरु धेरौ छन । जनताहरुलाई  गुणस्तरिय स्वास्थय ,शिक्षा ,व्यबस्थीत खाने पानी , आधुनीक कृषि प्रबिधि अनुसार मौसमी तथा बेमैसमी तरकारी खेती , किसानहरुलाई प्रोत्साहन ,वडामा रहेको स्रोत साधनहरुको पहिचान तथा परिचालन गर्ने योजना बनाउने छौ । हाम्रो वडामा रहेको चुन ढुङ्गा खानीलाई व्यबस्थीत गरेर उत्खन्न गर्ने र रोजगारिका अबसरहरु सिर्जना गर्ने । पर्यटन उद्योगको माध्यमबाट हाम्रो वडा का जनताको आर्थीक स्तर माथी उठाउने छौ । त्यसको लागी सनपा ७ र सिनपा २ मा रहेको सुपादेउराली मन्दीरलाई सिनपा २ को समन्वयमा संरक्षण गर्ने , पैदल मार्ग निर्माण गर्ने , स्नान गृह बनाउने ,व्यबस्थीत पार्किङ्ग निर्माण गर्ने र आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्य अनुसार काम गर्ने सोच बनाएको छु । त्यसतै ऐतिहासीक खाँचीकोट दरबारलाई पनि संरक्षण गर्ने ,मसिनाको लेकमा भ्यूटावर निर्माण गर्ने लगाएको योजनहरु अगाडि बढाईने छ । जस्ले बढ्दो बेरोजगारि समस्या समेत समधान हुने छ । 
सुपादेउराली मन्दिरको आम्दानी सन्धिखर्क नगरपालिका मातहतमा ल्याउनु पर्ने बहस चलन थालेको छ के भन्नु हुन्छ ?
हो तपाईले भने जस्तै नगरपालिकाको बैठकमा यो कुरा उठेको थियो । यस कुरामा हाम्रो वडा सहमत हुन सक्दैन किनभने सुपादेउराली मन्दिर सन्धिखर्क नगरपालिका वडा नम्वर ७ साबिकको खाँचीकोट गाबिस र सितगंगा नगरपालिका वडा नम्वर २ सितापुरमा पर्दछ । यो मन्दिरको मुख्य आम्दानी भनेको भक्त जनहरुले चढाएको भेटी नै हो यसबाट खाँचीकोट र सितापुरमा निजि स्रोतमा शिक्षकलाई तलब खुवाउने काम गरेका छौ । त्यसतै यस बाट दुई वटै गाबिसका बिधुत बिस्तार ,बाटो निमार्ण ,खाने पानी सञ्चालन लगाएतका काग गरेका छौ । स्थानीय स्रोत साधनलाई स्थानीय स्तरमानै परिचालन गर्नु पर्दछ । त्यसबाट मन्दिरका बिभिन्न संरचना तयार गर्ने उक्त क्षेत्रमा पैदल मार्ग निमार्ण गर्ने ,स्नान गृह बनाउने ,व्यबस्थीत पार्किङ्ग स्थल बनाउने र धर्मशाला निमार्ण गर्ने जस्ता महत्वपूर्ण पनि मन्दिरको आम्दानी बाट गर्ने गरि सञ्चालक समिति लागी परेको छ । नगरपालिकाले त्यसको खर्च पारदर्शी भएको नभएको अनुगमन गर्ने सञ्चालक समितिको काम चित्त नबुझे फेर बदल गर्ने हुन सक्दछ तर नगरपालिका मातहत भन्दा पनि स्थानीय स्तरमा नै जिम्मा दिनु पर्दछ । नगरपालिकाले खाँचीकोट दरबार ,शिबालय मन्दिर ,भगवति मन्दिर ,मथुरा बेसी ,शान्ति बगैचा लगाएतका स्थानमा पर्यटक आर्कषण गर्ने गरि संरचना निमार्ण गर्ने गरि योजना बनाउनु पर्दछ । 
अन्तयमा के भन्नु हुन्छ ?
मेरो बिचारहरुलाई स्थान दिनु भएकोमा अर्घाखाँची टाईम्स तथा तपाईलाई धन्यवाद ,हाम्रो यस वडाबाट मलाई बिश्वास गरेर यसले जनताको काम गर्न सक्दछ भनेर बिजयी बनाउने सम्पूर्ण ७ नम्वर वडा बासीप्रति आभार व्यक्त गर्दछु । मैले तपाईहरुको अपेक्षा अनुसारनै काम गर्ने प्रतिबद्धता जाहेर गर्दै यस वडा लाई नमुना वडा बनाउनको लागी सबै सरोकारवाला निकाएको सकारात्मक सहयोगको समेत अपेक्षा राख्दछु ।