कृषि पशुपालन पर्यटन बिकासमा पूर्वाधार, प्रबिधि हस्तान्तरण र सहकारी सम्बृद्ध मालारानीको मुल आधार बनाएर काम सुरु गर्नु भएका बालकृष्ण आचार्य संग अर्घाखाँची टाईम्सका लागी नेपाल पत्रकार महाà¤

२०७७ माघ २५ आइतबार ०८:२५:०० मा प्रकाशित

अन्तरवार्ता
अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नम्वर ४ साबिक खन गाबिस निबासी पिता पतीराम भन्ने चुरामणी आचार्य र आमा दमन्तकला आचार्यको कोखबाट बि.स २०१० सालमा जन्मिनु भएका बालकृष्ण आचार्य राजनैति संगै सामाजीक क्षेत्रमा समेत आबद्ध हुनुहुन्छ । आचार्य जिल्ला सहकारी संघको अध्यक्ष ,घरेलु महासंघ जिल्ला अध्यक्ष ,अर्घाखाँची बचत तथा क्रृणसहकारी संघको समेत अध्यक्ष भएर काम गर्दै आउनु भएको थियो । स्थानीय तहको निर्बाचनमा मालारानी गाउँपालिका बाट पालिका अध्यक्षमा निर्बाचत भएपछि कृषि पशुपालन पर्यटन बिकासमा पूर्वाधार, प्रबिधि हस्तान्तरण र सहकारी सम्बृद्ध मालारानीको मुल आधार बनाएर काम सुरु गर्नु भएका बालकृष्ण आचार्य संग अर्घाखाँची टाईम्सका लागी नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम लेकालीले लिनु भएको अन्तरवार्ताको सम्पादीत अंश ः
जननिबार्चित प्रतिनिधि भएर काम गर्दा कस्तो अनुभुति गर्नु भएको  छ । 
म सदैब जनताको सुख दुखमा सधै सानो बनेर बिकाश निमार्णका कार्यमा जुटिरहे बिगतको पनि कामको समिक्षा गरेर मालारानी बासीले मलाई बिजयी बनाउनु भयो । सर्बप्रथमा मालारानी बासी जनताहरुलाई धन्यवाद दिन चाहन्छु । जनप्रतिनिधि भएर जनताको काम गर्न पाउँदा खँुसी छु । सबैको सकारात्मक सहयोगको समेत अपेक्षा गर्दछु । मैले 
जनतालाई प्रत्यक्ष लाभ हुने गरि प्रथम गाउँ सभाबाट के—के निर्णय गर्नु भयो ?
कृषि पशुपालन पर्यटन बिकासमा पूर्वाधार, प्रबिधि हस्तान्तरण र सहकारी सम्बृद्ध मालारानीको मुल आधारमानेर निति तथा कार्यक्रमहरु पारित गरेका छौ । जनतालाई प्रत्यक्ष लाभ हुने निर्णयहरु निम्न छन ।
—प्रमिला क्षेत्रीको अध्यक्षतामा ३ सदस्य रहेको न्यायीक समिति गठन भएको छ 
— आर्थीक ऐन र निति तथा कार्यक्रम पारित
—मदिरा पसल बेलुका ६ बजे देखि ९ बजेसम्म मात्रै खोल्न पाइने ।
—सेवाग्राहीलाई न्युनतम ३० मिनेट भित्रमा सेवा दिने ।
—कामको प्रकृति हेरी जुनसुकै सेवाग्राहीको काम बढीमा ३० दिनमा सक्ने ।
—गाउँपालिका भित्रका योजना ३ महिना भित्रैमा सम्पन्न गर्नुपर्ने । 
—व्यवसायिक रुपमा कृषी तथा पशुपालन गरेका कृषकलाई प्रोत्साहन गर्ने ।
—रोजगारमुलक कार्यक्रम सञ्चालन गरी गाउँपालिका भित्रै रोजगारको व्यवस्था सृजना गर्ने ।
—मालारानीका पर्यटकीय क्षेत्रको संरक्षण गर्दै प्रचार प्रसार गर्ने । 
—काठका पोल विस्थापित गर्ने । 
—स्वास्थ्य चौकिमा २४ सै घण्टा प्रसुती सेवा उपलब्ध गराउने ।
—मोटरबाटोको स्तर उन्नति गर्ने ।
—डकर्मी, सिकर्मी, सिलाईकटाई,आरन जस्ता सिपमुलक कार्यक्रम सञ्चालन गरी प्रविधी हस्तान्तरण गर्ने ।
—बादर नियन्नत्रणका लागी हेरालु राख्ने लगाएतका अन्य निर्णयहरु गरेका छौ । 
तपाईको राजनीतिक पृष्ठभूमि बताईदिनु होस न  ?
मैले २०२७ सालमा पाल्पाको तानसेनमा पढ्दै गर्दा अनेरास्ववियुको सदस्यता लिए देखि नै सक्रिय रुपमा राजनीतिमा लागेको छु ।  ०३८ सालमा मालेमा आवद्ध भएँ ।  ०४१ सालमा पार्टी सदस्यता लिएँ । जनपक्षिय उम्मेदवार भएर खन गाविसमा चुनाव लडेँ । ०४९ र ०५४ सालमा स्थानीय निकायको निर्वाचनमा दुई कार्यकाल खन गाविसबाट गाविस अध्यक्ष भइ काम गरेँ । गाउँ कमिटी , इलाका कमिटी हँदै अहिले पनि जिल्ला कमिटीमा रहेर काम गरेको थिए ।  
मालारानी गाउँपालिकामा आगामि दिनमा के—के काम गर्ने योजना बनाउनु भएको छ  ? 
मालारानी गाउँपालिकालाई जिल्लाको मात्र नभएर देशकै नमूना गाउँपालिकाको रुपमा विकास गर्ने मेरो योजना छ । अहिलेको मुख्य समस्या भनेको बेरोजगारी समस्या नै हो । सहकारीको माध्यमबाट एक घर एक रोजगारको ग्यारेण्टी गर्नेछौं । सहकारी विना आर्थिक क्रान्ति संभव नभएका कारण सहकारीको माध्यमबाट आयआर्जनका कामहरु सञ्चालन गर्नेछौं । कृषि पशुपालन पर्यटन बिकासमा पूर्वाधार, प्रबिधि हस्तान्तरण र सहकारी सम्बृद्ध मालारानीको मुल आधार भन्ने नारा सहित प्रथम गाउँ सभा सम्पन्न गरेका छौ ।  कृषि, पशुपालन व्यवसायलाई समुह वा सहकारी मार्फत विस्तार गर्नेछौं ।  सहकारीले उत्पादन गरेका वस्तु  बजारीकरणको जिम्मा हामी आफै लिनेछौं । आज जति पनि मुलुक विकसित भए सहकारीकै कारणले भएको हामीले देखेका छौं ।  घरेलु तथा साना उद्योगको विस्तार गर्नेछौं । बेरोजगारी समस्या अन्त्य हुँदा वित्तिकै अनेकौं समस्याहरु समाधान हुन्छन् । आर्थिक अभावकै कारण मानिसहरुलाई गास, वास, कपास, शिक्षा, र स्वास्थ्य को क्षेत्रमा समस्या आउने गर्छ । वृद्धवृद्धाको सम्मान, अपाङ्ग , दलित, जनजाति पछाडी पारिएका वर्गको उत्थानका लागि विशेष खालका कार्यक्रम सञ्चालन गर्ने छौं ।  महिलाहरुका लागि विभिन्न सिप मूलक तालिम सञ्चालन गर्नेछौं । बालमैत्री गाउँपालिका बनाइ बालबालिकाका लागि विभिन्न ठाउँमा  पार्क निर्माण गर्नेछौं । खेलकुदको विकासका लागि प्रत्येकवडामा  खेलमैदान निर्माण गर्नेछौं । मालारनीमा रहेका पर्यटकीय क्षेत्रहरु मालारानी मन्दिर, बामरुकको नरसिंह मन्दिर, मनचिन्ते पानी, भुमिकास्थान मन्दिर लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि गुरुयोजना तयार पार्नेछौं ।  जालकाडाँमा प्याराग्लाइडिङ सञ्चालन गर्नेछौं । पर्यटकका लागि होमस्टे तथा सुविधा सम्पन्न होटल रेस्टुरेण्ट सञ्चालन गर्नेछौं । विभिन्न वडाहरुमा खानेपानीको चरम समस्या छ । लिफ्टिङ्ग प्रविधि वा अन्य प्रविधि अपनाएर खानेपानीको आपूर्ति सहज बनाइने छ । विद्युत क्षेत्रका समस्याहरु समाधान गर्नेछौं । सडकहरुलाई  स्तरोन्नती गर्दै पक्की बनाउदै लैजाने छौं । स्तरीय शिक्षा र स्वास्थ्य सुविधा प्रदान गर्नेछौं । सञ्चारको विकास लागि विशेष जोड दिनेछौं । गाउँपालिकालाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रत्येक वडाका उत्कृष्ट कृषक, व्यवसायीलाई बेलाबेलामा सम्मान तथा पुरस्कृत गर्दै लैजाने छौं । 

सबै लाई मिलाएर लैजान सम्भव छ त  सुरुमै केही वडामा बिबाद भएर सभा स्थगीत भयो भन्ने सुनिएको छ  ? 
विगतमा म दुई पटक स्थानीय निकायमा निर्वाचित भएर काम गरे यो मेरो तेस्रो पटक हो । मैले जनताको सेवामा लामो समय बिताएको छु । मैले सुन्तुलित ढंगले काम गरेर जनताको मन जितने छु  । विकास निर्माणका साथै जनताका हरेक सुख दुःखमा सँगै सहयात्रा गरिरहेको छु । तपाईले भने जस्तो एउटा वडा ५ नम्वरमा केही योजना छनौट गर्दा वडा अध्यक्ष र सदस्यहरु बिच बिबाद भएकोहो दुबै पक्षका योजनाहरु हामिले पालिकामा माग गरेका छौ । बिकाश निमार्णमा बिबाद भन्दा पनि निकास दिनेहो गाउँ सभामा हामीले सबै काम सकेका छौ बजेटको पाटो बाँकीहो ५ नम्वरको वडा अध्यक्ष जिल्ला बाहिर हुनुहुन्छ उहाँ फर्के पछि सहमतिमै सभा सम्पन्न गर्ने भनेर केही समय स्थगीत गरेका छौ । सकेसम्म सहमतिमानै काम गर्ने भनेर हो । सबै लाई मिलाएर नै लैजाने मेरो प्रयास रहन्छ । 
अन्तयमा के भन्नु हुन्छ ?
मेरो बिचारलाई आम जनतामाझ पुयाउन अबसर दिनु भएकोमा तपाई लेकाली जी लगाएत अर्घाखाँची टाईम्सलाई धन्यवाद ज्ञापन गर्दछु । मलाई मालारानी बासीहरुले बिजयी बनाई आफनो प्रतिनिधीको रुपमा स्थापित गर्नु भएकोमा उहाँ हरु प्रति हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गर्दछु । यस  गाउँपालिकालाई नमुना पालिका बनाउन सबैबाट सकारात्मक सहयोगको अपेक्षा ,साथै सल्हा सुझाब दिन आग्रह गर्दछु ।