आईपीएलको आउँदो सस्करणको लागि ८ जनाको नाम क्यानले बुझायो
आउँदो संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को अक्शनका लागि नेपाल क्रिकेट संघ ९क्यान० ले आठ जना खेलाडीले नाम पठाएको छ ।
क्यानले एक विज्ञप्ति निकाल्दै यसबारेमा जानकारी दिएको हो । क्यानका अनुसार सन्दीप लामिछाने, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषवाकर, अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरिको नाम आईपीएल अक्शनका लागि पठाइएको छ ।
सन्दीपबाहेक अन्य सात खेलाडी पहिलो पटक अक्शसनमा परेका हुन् । सन्दीपले दिल्ली क्यापिटल्सबाट दुई सिजन खेलिसकेका छन् । गएको संस्करणमा भने सन्दीपले एक खेलमा पनि मौका पाएका थिएनन् । यसपालि दिल्लीले सन्दीपलाई नखेलाउने निर्णय गरिसकेको छ । विश्व क्रिकेटमा आईपीएललाई सबैभन्दा महँगो र चर्चित लिग मानिन्छ, जहाँ विश्वभरका चर्चित खेलाडीहरू खेल्छन् ।
नेपालबाट आईपीएल अक्शनका लागि पहिलो पटक यति धेरै खेलाडीको नाम पठाइएको हो । यस पटक आठ सय १४ भारतीय र दुई सय ८३ विदेशी गरि जम्मा एक हजार ९७ खेलाडी अक्शनमा सहभागी भएका छन् ।
एसोसिएट देशका २७ मध्ये नेपालबाट मात्रै आठ खेलाडी परेका हुन् । अक्शन आउँदो फेब्रुअरी महिनाको १८ तारिखमा चेन्नईमा हुने बताइएको छ ।