गन्र्धवहरुको पुख्यौली पेशा संकटमा

२०७७ माघ २४ शनिबार २२:५५:०० मा प्रकाशित

 अर्घाखाँची जिल्लाका गन्र्धवहरुको पुख्यौली पेशा संकटमा परेको छ । परम्परादेखी गीत गाएर आफनो जीविको पार्जन गदै आएका सन्धिखर्क नगरपालिका वडा नं ११ का  गन्र्धवहरुको पेशा आधुनिक संञ्चारका साधनको बढ्दो पहुँच र सरकारी वेवास्ताका कारण पेशा संकटमा परेको हो । 

२१ परिवार गन्र्धवहरु घर घरमा पुगरे सारङ्गी रेटेर गीत गाएर आफनो जीविको पार्जन गदै आएका थिए । कुनै समय १४ अञ्चल ७५ जिल्ला हुदाँ लुम्विनी,रात्ती र धौलागिरी अञ्चलका जिल्लाहरुमा सारङ्खीको धुनमा नयाँ–नयाँ किसीमका गीत गाएर स्थानीय बासिन्दाँको मन जित्न सफल यहाँका गन्र्धवहरु बितेका केही वर्षहरुमा आफनो पेशा प्रति निक्कै चिन्तित छन् । 

नेपाली सास्कृतिक र परम्पराको पहिचान राख्ने गन्र्धवहरुलाई केही वर्ष पहिले सम्म सन्देश वाहकका रुपमा पनि लिने लिईन्थ्यो । गन्र्धवहरुले गाउने वीरता र पराक्रका गीतले मानिसमा उत्साह र कारुणिक गीतहरुले मनमा खिन्नता ल्याउथ्यो । तिनै गन्र्धवहरुले आजभोलि अझै परिस्थिति र समय सापेक्ष गीत गाउन्छन्,तर सुन्ने कोही छैन, उनिहरुको गुनासो छ । कसैले गीत सुन्ने ईच्छा गरेपनि पारिश्रमिक नै दिन चाहँदैन । उनीहरुले अर्घाखाँची टाईम्स  संग दुखेसो पोखे । 

१२ वर्षको उमेरदेखी नै बाबुको साथ लागेर सारङ्खी रेट्दै गीत गाउन हिँडेका ७१ वर्षीय वृद्द गायक गोपाल गन्र्धव आफना छोराहरुलाई गीत गाउने पेशा नगर्न सल्लाह दिएको बताउनुहुन्छ । आफनो पालामा गीत गाउन हिड्दाँ सबै ठाँउमा असाध्यै माया पाएको गरेको उहाँले अनुभव छ र्। गित गाउँदै ३०÷४० जिल्ला घुँम्दा ५÷६ महिनामा घरमा आउँदा २०÷३० हजार सम्म पैसा हुन्थ्यो,खाना खानालाई सबैले कर गर्थे,आजभोलि त खै के जमाना आयो खाना दिनु त परै जाओस कोही राम्रो संग बोल्न चाहन्न ।’–उहाँको गुनासो छ । 

पाथ्रावाङ्गमा पुराना,बुढापाकाहरु मात्र हाईन पढेलेखेका युवाहरुले पनि आफनो पुख्यौली पेशालाई पछ्याएका छन् । जिल्लामा सञ्चालन हुने विभ्भिन साङ्गीतिक प्रतियोगितामा उत्कृष्ट हुँदै आएका हरी गन्र्धव पढेलेखेका युवा गायक हुनुहुन्छ । मसंगै पढ्ने साथीहरुले पुख्यौली पेशालाई घृणा गरेर गएपनि आफनो सस्कृतिको रक्षाका लागी आफुले यो पेशालाई कहिल्यै नछोड्ने उहाँको भनाई छ । हाम्रो पेशालाई संरक्षण गर्न सरकारले कुनै कार्यक्रम ल्याउन नसक्दाँ पनि हामी झनै संकटमा परेको  रामबहादुर गन्र्धवको भनाई छ ।