समृद्ध शितगंगा नगरपालिका बनाउने अठोट ः नगरप्रमुख अधिकारी
अर्घाखाँची जिल्लाका ६ स्थानिय तह मध्ये सवैभन्दा भुगोलले ठगेको नगरपालिका शितगगा, क्षेत्रफलको हिसावले नेपालकै ठुलो नगरपालिका । बाटो, विद्युत, भौतिक पुर्वाधार देखी गरिव वस्ताी भएको नगरपालिकामा पर्छ शितगंगा । स्थानिय तहको निर्वाचन पछि जनताले जनप्रतिनिधीलाई विजयी बनाए, सँगसँगै विकासको अपेक्षामा छन । छिमेकी जिल्ला कपिलवस्तु र दाङ्ग सँग जोडिएको शितगंगा नगरपालिकाका प्रमुख सुर्यप्रसाद अधिकारीसँग नगरपालिकाको विकास, निमार्ण, आगामी योजना तथा समसामयिक गतिविधीमा आधारीत रहीँ अर्घाखाँची टाईम्सका कार्यकारी सम्पादक घनश्याम पौडेलले गरेको कुराकानी ः
नेपालकै ठुलो नगरपालिकालाई कसरी लिनुभएको छ ?
सितगंगा नगरपालिका भौगोलिक रुपले देशको धेरै क्षेत्र (भुभाग) ओगटेको नगरपालिका भित्र महाभारतको काखबाट बगेका नदिनाला र चुरे पहाड हुदैँ तराईसँग जोडिएका धेरै क्षेत्रहरु छन । यस नगरपालिकाको पुर्वमा पाल्पा, पश्चिम र उत्तरमा दाङ्ग र प्युठान दक्षिणमा रुपन्देही र कपिलवस्तुसँग सिमाना जोडिएका केही समथर भुभाग र साना पहाडको विचँमा रहेको अव्यवस्थित बस्तीको रुपमा विकास हुदैँ आएको यस ठाउँ अहिले सितगंगा नगरपालिकामा परिणत भएको छ । यो नगरपालिका भौगोलिक विकटताका कारणले भौतिक पुर्वाधार, आर्थिक, सामाजिक पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाँई, उर्जा, कृषी, पर्यटन लगाएतका विभिन्न विकास कार्यमा ठुलो चुनौती रहेको र ति क्षेत्रको विकासका थुप्रै अवसर एवम चुनौति विद्यमान रहेको महसुस गरेको छु ।
नगरसभाबाट कस्ता खालका योजनाहरुलाई प्राथमिकतामा दिनुभयो ?
सितगंगा नगरपालिकाको विकासका लागी अल्पकालिन, मध्यकालिन र दीर्घकालीन योजनाहरुको पहिचाँन गरी वृहत गुरुयोजना मार्फत व्यवस्थित र दिगो विकासका लागी योजनाहरुको छनोट गरेर योजनाबद्ध रुपमा विकासका लागी ती कार्यहरु अगाडी बढाएको छु । साथै यस नगरपालिकाको समस्याको रुपमा रहेको यातायात, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युत, कृषि, पशुपालन, पर्यटन, उद्योग, रोजगारी लगाएत अन्य महत्वपुर्ण समस्यालाई विशेष प्राथमिकताको रुपमा राखेको छु ।
पर्यटकिय एवम् धार्मिक स्थलको संरक्षणका लागी के योजना छन ?
सितगंगा नगरपालिकामा रहेका धेरै धार्मिक एव्म पर्यटकिय स्थलहरु रहेका छन । यिनीहरु पर्यटन एव्म धार्मिक दृष्टीकोणलेले निकै महत्वपुर्ण छन । यस नगरपालिका भित्र रहेका प्रमुख धार्मिक एव्म पर्यटकिय स्थलहरु मध्ये वाणगंगा नदीको उत्पत्ती स्थल, ठाडाको डमरुदह, प्राचिन कालिका माईको मन्दिर, सितापुरमा रहेको अदभुद शंङख र सुपादेउराली मन्दिर लगाएतका अन्य चर्चित पर्यटकीय स्थलहरु रहेका छन । यी केन्द्रहरु पर्यटकिय दृष्टीकोणले चर्चित एव्म महत्वपुर्ण रहेका छन । यी पर्यटकीय स्थलहरु गोरुसिङ्गे सन्धिखर्क सडक मार्गसँग जोडिएका, हरीयाली वातावरणले मनोरम उत्तरतर्फ सितखोला र दक्षिणतर्फ वाणगंगा नदीको रमणीय दृश्यले घेरिएको सुन्दर, शान्त र पर्यटकीय सौन्दर्यताले वेष्ठित स्थानहरु भएकोले यसको पर्यटन गुरु योजना तयार गरी संरक्षणका लागी नगरपालिकाले योजनाबद्ध रुपमा अगाडी बढ्ने लक्ष्य लिएको छ । साथैै यस नगरपालिका भित्र चमेरे गुफा, चाहदीप गुफा, तातोपानी, बराहदह, बाजेको थान, लामातालको विशाल वरको वृक्ष, राप्ती नदिमा अवस्थित एैरावती धाम हुदैँ ऐतिहासिक धार्मिक मगराकोट, बङसागर, झाक्रीदेवता, विन्दबासनी कुलपुजाँ मन्दिर, करापुकोट मन्दिर, बग्रबाजेको थान हुदै रानीवोडार सम्मका स्थानहरुलाई रमणिय पर्यटकीय स्थलको रुपमा देख्नपाईन्छ । यी सवै सम्पदाहरुको संरक्षण र सम्बर्धन गर्दै उचित व्यवस्थापनका लागी नगरपालिकाको ध्यान आकर्षण भएको छ ।
नगरपालिकामा कार्यभार सम्हाल्न के कस्ता समस्याहरु आईपरेका छन ?
हाम्रो नगरपालिका भौगोलिक दृष्टीले ठुलो र विकासको दृष्टीले पछाडी रहेको र सरकारी निकायबाट नियम कानुन निर्देशिका समेत प्राप्त भई नसकेको हालको अवस्थामा कर्मचारीहरुको उचित व्यवस्थापन नहुँदा नहुदै पनी नगर विकासका कार्यहरुलाई अगाडी बढाउनुपर्ने बाध्यात्मक अवस्था भएकोले कतिपय कार्य सम्पादन गर्ने क्रममा ढिला सुस्ती हुदैँ आएको छ ।
पाचँमा नगरपालिकालाई कस्तो बनाउने योजना बनाउनुभएको छ ?
यो सितगंगा नगरपालिकालाई आर्थिक विकासको दृष्टीले सवृृद्ध नगरपालिका बनाउन कृषी, उद्योग, पर्यटन, पशुपालन, नगदेवाली लगाएतका विभिन्न आयआर्जनसँग सम्बन्धीत व्यवसायलाई प्रोप्साहन दिदैँ यस क्षेत्रमा रहेको प्राकृतिक स्रोत र साधनको उचिँत व्यवस्थापन एव्म प्रयोग गरी यस क्षेत्रको विकासका पुर्वाधारहरुमा दिगो विकासको निती अनुरुप कार्य गर्न सड्कको विकासमा यस क्षेत्रलाई अगाडी बढाउने, यस वर्षबाट नै सड्क विकासको वर्षका रुपमा मनाउँने, नगरबासीँलाई सुलभ यातायातको व्यवस्था मिलाउँदै खानेपानी, शिक्षा, स्वास्थ्य, सञ्चार, सिचाँई, उर्जा, रोजगारी मुलक क्षेत्रका साथै अन्य विविध क्षेत्रको विकासका लागी गुरुयोजनाका साथ अगाडी बढ्ने लक्ष्य लिएको छु ।
युवाहरुलाई रोजगार दिनका लागी के कस्ता योजना बनेका छन ?
यस नगरपालिका भित्र रहेँका बेरोजगार युवाहरुलाई रोजगारका लागी कृषि पशुपालन, पर्यटन उद्योग लगाएत सिपमुलक व्यवसायमा सरीक गराई उनीहरुलाई आत्मनिर्भर बनाउँन स्वरोजगारका कार्यक्रमहरुलाई प्राथमिकताका दिने लक्ष्य लिएको छु । अन्त्यमा
सितगंगा नगरपालिकाको चौतर्फी विकासका यस नगरपालिकाले गर्ने सम्पुर्ण कार्यहरुलाई पारदर्शी, पुर्वाआग्रही रहित एव्म भष्ट्रचारमुक्त गराई सुन्दर र सवृद्ध नगरपालिकाको परिकल्पनालाई अगाडी बढाउन सवै वर्ग, समुदाय र क्षेत्र एव्म सरोकारबालाहरुसँग आवश्यक परामर्श लिदैँ अगाडी बढ्ने दृण लक्ष्य लिएको छु ।