अर्घाखाँची चेम्बर अफ कमर्सले सहिद माधव सारुको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गर्ने
अर्घाखाँची । अर्घाखाँची चेम्बर अफ कमर्सले जेन जेड आन्दोलनको क्रममा सहिद भएका अर्घाखाँचीका सहिद माधव सारु मगरको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गर्ने भएको छ । अर्घाखाँची चेम्बरले आज शुक्रबार सहिद दिवसको अवसरमा जिल्ला कार्यसमितिको पूर्ण बैठक बसी ५१ हजार रुपैया सहयोग रकम हस्तान्तरण गर्ने निर्णय भएको अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिनुभयो ।
माघ ११ गते सम्पन्न सातौं अर्घाखाँची महोत्सव सुरु हुनुपर्व सहिद माधव सारुको परिवारलाई केही आर्थिक सहयोग गर्ने निर्णय भएको चेम्बर अर्घाखाँचीका सचिव प्रेमकुमार थापाले बताउनुभयो । उहाँका अनुसार अब केही दिनमै सारुको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिनेछ ।