मिर्गौला पीडित राजु आचार्यलाई मालारानी बराली सेवा समाजद्वारा आर्थिक सहयोग

२०८२ पौष १९ शनिबार १०:२४:०० मा प्रकाशित

नविन विक अर्घाखाँची । मालारानी बराली सेवा समाजले मालारानी गाउँपालिका वडा नं. १, मुसामारे–डाँडिपोखरी निवासी मिर्गौला पीडित राजु आचार्यलाई आर्थिक सहयोग प्रदान गरेको छ । समाजले आचार्यलाई रु २५,११०/- (पच्चीस हजार एक सय दस रुपैयाँ) सहयोग रकम हस्तान्तरण गरेको हो।

सहयोग हस्तान्तरण कार्यक्रममा  शिक्षक तेज प्रकाश पाण्डे, समाजसेवी जनक विश्वकर्मा, समाजसेवी तारा आचार्य तथा संस्थाका उपाध्यक्ष भरत विश्वकर्मा, कार्यसमिति सदस्यहरू रवि विश्वकर्मा र सुभाष विश्वकर्मा, साथै सल्लाहकार राजेन्द्र विश्वकर्माको उपस्थिति रहेको थियो ।

समाजका अध्यक्ष महेन्द्र विश्वकर्माले मिर्गौला पीडितको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग प्रदान गरिएको बताउँदै आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे । सहयोग प्राप्त गरेपछि पीडित राजु आचार्यले सहयोगी सबैप्रति धन्यवाद व्यक्त गरेका थिए ।