यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न
अर्घाखाँची । बुधबार लुम्विनी प्रदेशको अर्घाखाँची जिल्लाको सन्धिखर्कमा अवस्थीत वि एम वि कम्युटर ट्रेनिङ्ग एण्ड एजुकेसनल सेन्टरमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । भिजिवल इम्प्याक्ट द्धारा आयोजिक सचेतना कार्यक्रममा सेन्टरमा अध्ययन गर्ने विद्यार्थीहरुलाई संस्थामा आवद्ध लुम्विनी प्रदेशका युथ च्याम्पीयनले कार्यक्रमको सहजिकरण गरेका थिए ।
कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य अधिकार अन्तरगत सुरक्षीत गर्भपतन भनेको के हो रु सुरक्षीत गर्भपतन सेवाको उदेश्य,गर्भपतनका प्रकार,असुरक्षीत गर्भपतनका तथ्यहरु र यस बाट निम्तीने समस्याहरुको बारेमा जानकारी गराएको थिए । यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा सबैको समान पहुच हुनु पर्ने भन्दै अपाङ्गता भएका व्यक्तिहरू र यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको लागि पनि सुरक्षित गर्भपतनको हक रहेको र उनिहरुको लाई पनि ध्यानमा राखेर सेवा प्रवाह गर्नु पर्ने कुरामा जोड दिएको थियो । सचेतना कार्यक्रममा भिजिवल इम्प्याक्टका युथ च्याम्पीयन सागर परियारले सेन्टरका करिव ३५ जना विद्याथीहरुलाई विषय बस्तुको बारेमा सहजिकरण गरेका थिए ।
हाल सम्म ७७ वटा जिल्लामै भएका अस्पतालहरु र प्राथमिक स्वास्थ्य केन्द्रहरुमा सुरक्षित गर्भपतन सेवा , औषधीद्वारा गरिने गर्भपतन सेवा ५१ वटा जिल्लाहरुका केहि स्वास्थ्य संस्थाहरुमा र १२ हप्ता भन्दा माथिकोे गर्भपतन सेवा २९ वटा अस्पतालहरुमा उपलब्ध रहेको छ । साथै नेपाल सरकारले सन् २०१६ देखि सरकारी स्वास्थ्य संस्थाहरुमा गर्भपतनलाई निःशुल्क प्रदान गर्ने व्यवस्था गरेको छ ।